आरम्भ लघुवित्तको वित्तीय विवरणमा देखियो उत्साहप्रद सुधार

0
Shares

आरम्भ लघुवित्त वित्तीय संस्था चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४४९ प्रतिशत बढी हो ।

गत वर्षको यसैअवधिमा आरम्भ लघुवित्त ९ लाख २३ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । आरम्भको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढेको हो । ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७१ र ६४९ ले बढेको छ ।

संस्थाको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । जगेडाकोष समेत ३६४ प्रतिशतले बढेर एक करोड १८ लाख पुगेको छ। संस्थाले १७ करोड ३० लाख निक्षेप संकलन तथा ३६ करोड सापटी लिएर ५८ करोड ८० लाख कर्जा लगानी गरेको छ । जसबाट एक करोड दश लाख खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी यथावत रहदा बैंकको नाफा उच्चदरले बढेकाले प्रतिशेयर आम्दानीमा समेत उच्च सुधार आएको छ । गत बर्षको यसै अवधिमा १ रुपैयाँ ६७ पैसा नकारात्मक रहेको प्रतिशेयर आम्दानी बढेर २१ रुपैयाँ ५० पैसा पुगेको छ । जसको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ । साथै संस्थाले यसअवधिमा खराब कर्जा समेत घटाएको छ ।

आरम्भले गत वर्षको नाफाबाट शेयरधनीलाई ७.३८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.३८ प्रतिशत नगद गरी कुल ७.७६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।