भत्ता बढाउने प्रस्तावसहित गुराँस लघुवित्तले बोलायो साधारण सभा


गुराँस लघुवित्तले सञ्चालकहरुको भत्ता बढाउने, लाभांस प्रस्ताव पारित गर्ने लगायतका एजेण्डा राखेर साधारण सभा बोलाएको छ । मंसिर १४ गते शनिबार धनकुटा बजारमा लघुवित्तले चौंथो वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६११ प्रतिशते बोनस शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव लैजादैछ ।

लघुवित्तले ‘घ’ वर्गका अन्य कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैदान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव पनि अनुमोदन गराउनेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले कार्तिक २७ गतेदेखि मंसिर १४ गतेसम्म बुकक्लोज गर्दैछ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको लाभांश पाउने छन ।

पल पलको अपडेटका लागि हाम्रो फेसबुक पेज  Note Bazar लाइक तथा फलो गर्नुहोस् ।