सिभिल बैंकले लगानीकर्तालाई नगद लाभांस मात्र दिने, कति गर्यो प्रस्ताव ?


सिभिल बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक २० गते बुधबार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई ६.५७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । अर्थात सिभिल बैंकका शेयरधनीले प्रतिकित्ता ६ रुपैंया ५७ पैसाका दरले नगद लाभांस पाउने छन् । यसै रकमबाट कर मिलान गरिनेछ ।

बैंकले प्रस्तावित लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको छ । राष्ट्र बैंकबाट उक्त लाभांस स्वीकृत भए पछि साधारण सभाबाट अनुमोदन गराई शेयरधनीलाई लाभांस बितरण गरिनेछ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार रुपैंया छ ।