एनसीसी बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

0
Shares

एनसीसी बैंक (NCCB) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ। बैंकले ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस तथा ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ नगद लाभांश बाड्नेछ । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

यस्ताे छ बैंककाे लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 3.37 7.63 11.00
2 2077/2078 8.00 0.42 8.42
3 2076/2077 10.27 0.54 10.81
4 2075/2076 15.00 0.78 15.78
5 2074/2075 15.89 0.83 16.72
6 2071/2072 16.00  0.00 16.00
7 2070/2071 38.00 2.00 40.00
8 2068/2069 5.00 0.26 5.26

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।