सानिमा जनरल र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार कात्तिक ७ गतेदेखि

0
Shares

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले यहि कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुई कम्पनीलाई बीमा समितिले मर्जरका लागि असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेसँगै एकीकृत कारोबारको मिति तय भएको हो ।

यसअघि दुबै इन्स्योरेन्स कम्पनीहरुको असोज ११ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच २०७९ असार २९ गते होटल मेरियटमा बराबरी हैसियत (१ः१ अनुपात) मा मर्जर सम्झौता भएको थियो । सहमतिपत्रमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका थिए ।

मर्जरपछि कम्पनीको नाम ‘सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड’ रहनेछन् भने अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्यायले सम्हाल्नेछन् ।

हाल एक।एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेकोमा दुबै कम्पनीको मर्जरपछि २ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपछि शाखा कार्यालय ६८ पुग्नेछ भने कर्मचारी संख्या ४०२ पुग्नेछ । १४ शाखा सञ्जाल तथा १२ जना कर्मचारी संख्या जनरल इन्स्योरेन्स कम्पनीको बढि छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।