सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा सुद्युम्न प्रसाद उपाध्यायलाई नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले उपाध्यायलाई सीईओ नियुक्त गरेको हो । सो जानकारी कम्पनीले नेप्स मार्फत दिएको छ ।

सानिमा जनरल इस्योरेन्सका सीईओ रहेका उपाध्ययले प्रिमियर इन्स्योरेन्समा समेत सीईओ भई कायम गरेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन् ।

 

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच मर्जर भई कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ कात्तिक २०७९, मंगलबार  १४ : ४१ बजे