महालक्ष्मीको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना

0
Shares

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एपप्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस योजनाहालसम्म महालक्ष्मी मोबाईल एपप्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको बैंकले बताएको छ ।

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दामाथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।