स्वीजरल्यान्डको क्रेडिट सुइस्से बैंकले ९ हजार कर्मचारी कटौती गर्ने

0
Shares

विश्वका ३० ठूला बैंकहरुको सूचीमा पर्ने क्रेडिट सुइस्से बैंकले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

विभिन्न समयमा जालसाझीका कारण चर्चामा आइरहने सुइस्से बैंकले आफ्नो संरचना पूर्णरुपमा परिवर्तन गर्ने जनाएको छ । यसका लागि बैंकले कर्मचारी कटौती र नयाँ पुँजी संकलन गर्ने नीति बनाएको छ ।

सम्भावित र योग्य लगानीकर्ताहरुलाई सेयर बिक्री गरी ४ अर्ब स्वीस फ्रान्क संकलन गर्ने नीति बनाएको क्रेडिट सुइस्से बैंकमा साउदी अरेबियाको साउदी नेशनल बैंकले १ अर्ब ५० करोड लगानी गर्ने भएको हो । साउदी नेशनल बैंकले ९.९ प्रतिशतको सेयर हिस्साका लागि उक्त लगानी गर्ने भएको छ ।

स्थापनाकाल देखि अहिलेसम्मको १६६ वर्षमा क्रेडिट सुइस्से बैंक शक्तिशाली हुँदै र विश्वभर सम्मानित रुपमा शाखाहरु विस्तार गर्दै आएता पनि केही वर्ष यता हामी हाम्रो उद्देश्यबाट टाढिएको बैंकका अध्यक्ष एक्सेल लेम्यानले बताएका छन् । यस संस्थाको प्रतिष्ठा जोगाउनका लागि लगानीकर्ताहरुमा विश्वास दिलाउनका लागि बैंकले स्पष्ट कार्यकारी नीति बनाउनु पर्ने उनको धारणा रहेको छ ।

बैंकले सन् २०२२को तेस्रो त्रैमासमा ४ अर्ब ३ करोड ४० लाख गुमाएको छ । तेस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गर्दै बैंकले पुर्नसंरचना गर्ने बताएको छ ।

यसै क्रममा सन् २०२२को सेप्टेम्बर महिनासम्म ५२ हजार कर्मचारी सङ्ख्या रहेता पनि सन् २०२५को अन्त्य सम्ममा कर्मचारी सङ्खया ४३ हजार रहने बैंकले जनाएको छ ।

अमेरिकी फन्ड आर्केगोस कोल्याप्स हुँदा त्यस फन्डमा लगानी गरेको क्रेडिट सुइस्सेले ५ अर्ब डलर बढीको क्षति बेहोर्नु परेको थियो । यसैगरी क्रेडिट सुइस्सेको सम्पत्ति व्यवस्थापन शाखालाई ब्रिटिस फाइनान्सीयल फर्म ग्रीनशीलले टाट पल्टिएको घोषणा गरेपछि बैंकले १० अर्ब गुमाएको थियो ।

बैंकको घाटा बढ्दै जाँदा कतै क्रेडिट सुइस्से पनि सन् २००८ मा लेम्यान ब्रदर्श टाट पल्टिएको जस्तो हुने त होइन भन्ने भाव जनमानसमा परेको छ । तर क्रेडिट सुइस्से बैंक विश्वका ३० ठूला बैंकहरुको सूचीमा परेको छ । त्यसैले बैंक टाट पल्टिने अवस्थामा पुग्न लाग्दा पनि टु बिग टु फेल सब्सीडिका कारण स्वीजरल्यान्ड सरकारले बैंकलाई टाट पल्टिन दिएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।