युनिलिभर नेपालले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने

0
Shares

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशघोषणा गरेको छ । 

कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने समेत जानकारी दिएको छ ।

कम्पनीले तय गरेको बुक क्लोज आगामी साधारण सभाका लागि लागू हुने भएपनि सभा हुने मितिको बारेमा भने जानकारी दिइएको छैन्। बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । \

कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।