अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

0
Shares

अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप वृद्धि हासिल गरेको छ ।

गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् । यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च हो । बजारमा बेरोजगार दर बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक बएको हो ।

स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।