हिमालयन बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता

0
Shares

हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कर्तिक २५ गते अर्थात नोभेम्बर ११ गतेका दिन लागु हुनेछ ।

बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम २५ सय रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम ३ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्शको लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई-कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ ।

यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्नेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।