एनआईबिएल एस क्यापिटलले एनआईबिएल स्टेबल फण्डको इकाई निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआईबिएल स्टेबल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ ।
सेबोनले स्वीकृति दिएपछि बन्दमुखी यस योजनाले १० अंकित दरका कुल १० करोड इकाईको बिक्री खुला गर्नेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया