चौधरी ग्रुपले सुरु गर्‍यो नानो युरियाको बिक्री वितरण

0
Shares

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नेपालमा नानो युरियाको बिक्री वितरण सुरु गरेको छ ।सीजी एग्रोले आइतबार एक कार्यक्रम आयोजना गर्दै नानो युरिया नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो ।

भारतीय कम्पनी इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिपले उत्पादन गरेको नानो युरिया सीजी एग्रोले नेपाली बजारमा वितरण गर्नेछ ।

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो । यसले विरुवाको उचित बृद्धि र विकासका लागी आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्दछ । परम्परागत युरियाको माटोमा छर्ने भएता पनि यस युरियालाई पातबाट छर्कने गरिन्छ । यो मल अन्नबाली, दाल, तरकारी, चिया, उखु फलफुल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने छ । विरुवाको वदधि हने महत्वपूर्ण चरणहरुमा छर्किएपछि विरुवाका कोषहरुद्धारा चाँडै सोस्ने गर्दछ ।

नेपाली बजारमा डिसेम्बर महिनादेखि नानो युरिया उपलब्ध हुने सीजी एग्रोले जनाएको छ । नानो युरिया वातावरण मैत्री, स्वास्थ वातावरण, माटोको गुणस्तर कायम राखीराख्न मदत गर्ने र परम्परागत युरिया भन्दा सस्तो रहेको सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।