प्रभु क्यापिटलका हितग्राहीले क्रिस्टल डाईग्नोस्टिकमा छुट पाउने


प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका हितग्राहीको लागि छूट समझौता भएको छ ।

मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सबै सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेका परीक्षणहरुमा १० प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

यो अफरबाट लाभ लिन हितग्राहीले गूगल तथा एप्पल डिभाइसमा प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनु पर्नेछ ।

सम्झौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरु स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउदै सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।