प्रिमियर इन्स्योरेन्सले १८ करोड ४१ लाख लाभांश बाँड्ने

0
Shares

प्रिमियर इन्स्योरेन्सले १८ करोड ४१ लाख ५२ हजार ७२० रुपैयाँ बराबरको लाभांश बाँड्ने भएको छ ।

कार्तिक २९ गते मंगलबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समिति बैठकबाट प्रस्तावित नगद लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इस्योरेन्सको आगामी वार्षिक साधारण सभावाट पारीत भएपछि मात्र वितरण हुनेछ ।

हाल १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको प्रिमियर इन्स्योरेन्सको बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ३५ करोड ४ लाख ५३ हजार २८० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७७/७८ बाट इन्स्योरेन्सले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।