कैलाली निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु


कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ ।

निर्वाचन क्षेत्र १ को मतगणना ११:१५ बजेदेखि सुरु भएको छ । क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए ।

मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम १२:३० सम्म सार्वजनिक गरिएको छैन । सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन ।

निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।