आईएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, ११ करोड ६४ लाख बाँड्ने

0
Shares

आईएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मङ्सिर ५ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले हाल चुक्ता पुँजी १ अरब ७० करोड १६्र लाख ५१ हजार ४२० रूपैयाँ रहेको छ । प्रस्तावित ६.५० प्रतिशतका दरले ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ र ३० पैसा बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पुँजीको ०.३४ प्रतिशतले हुन आउने ५८ लाख २१ हजार ४३९ रुपैयाँ र ५ पैसा नगद गरी कुल ११ करोड ६४ लाख २८ लाख ७८१ रुपैयाँ ३५ पैसा लाभांश वितरण गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश बीमा प्राधिकरणले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

 

अघिल्लो आव २०७७/७८ को नाफाबाट कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।