रिडी हाइड्रोले बोनस शेयर बाँड्ने, मंसिर १९ मा बुकक्लोज


रिडी हाइड्रोले लगानीकर्तालाई बोनस शेयर बितरण गर्ने भएको छ । आइतबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

अहिले हाइड्रोको चुक्ता पूँजी ५३ करोड ११ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात हाइड्रोको चुक्ता पूँजी ५५ करोड ७६ लाख रुपैंया नाघ्नेछ ।

हाइड्रोले पुस ४ गते लाभांस प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । हाइड्रोका कार्यकारी निर्देशक कुबेरमणी नेपालका अनुसार मंसिर १९ गतेदेखि साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ ।