दश बीमा कम्पनीले घोषणा गरे लाभांश

0
Shares

मंसिर १० गते शनिबारसम्ममा १० बीमा कम्पनीहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । पाँच जीवन बीमा र पाँच निर्जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले अघिल्लो आव २०७७/७८ र निर्जीवन बीमा कम्पनीहरुले आव २०७८/७९ बाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् ।

जीवन बीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले लाभांश प्रस्ताव गरेको हो । निर्जीवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आईएमई जनरल र युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको हो ।

S.N. Sector- Non Life Insurance Stock Symbol Bonus Cash Total
1 Premier Insurance   PIC 5.00 10.00 15.00
2 Siddhartha Insurance  SIL 0.00 9.47 9.47
3 Nepal Insurance  NICL 8.00 0.42 8.42
4 IME General Insurance  IGI 6.50 0.34 6.84
5 United Insurance  (Nepal)  UIC 5.00 0.26 5.26

 

जीवन बीमातर्फ गुराँस लाइफ, एशियन लाइफ र नेपाल लाइफले प्रस्तावित लाभांश साधारण सभाबाट अनुमोदन गराइसकेका छन् । नेशनल लाइफले मंसिर १८ गते एजिएम बोलाएको छ भने प्राइम लाइफले हालसम्म आह्वान गरेको छैन ।

उता निर्जीजन बीमा कम्पनीहरुमा कुनैपनि कम्पनीले लाभांश र साधारण सभाको बुकक्लोज तथा साधारण सभा मिति सार्वजनिक गरेका छैनन् ।
जीवन बीमातर्फ नेपाल लाइफ र नेशनल लाइफले समान १५.७९ प्रतिशत लाभांश वितरण गरेका छन् भने निर्जीवन बीमातर्फ प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।

एजिएम बोलाउन प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट लाभांश तथा वित्तीय विवरण स्वीकृत हुनुपर्छ ।

Sector-Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
Nepal Life Insurance   NLIC 0.00 15.79 15.79 Kartik 18, Friday Mangsir 8, Thusday
National Life Insurance   NLICL 15.00 0.79 15.79 Mangsir 8,Thusday Mangsir 18, Sunday
Asian Life Insurance   ALICL 14.50 0.76 15.26 Ashoj 4, Tuesday Ashoj 13, Thusday
Prime Life Insurance Company  PLIC 13.00 0.68 13.68    
Gurans Life Insurance Company  GLICL 7.44 0.39 7.83 Ashoj 26, Wednesday Kartik 4, Friday

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।