कुमारी बैंकका शेयरधनीले बोनस पाउन कर तिर्नु पर्ने


कुमारी बैंकले पछिल्ला आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने २१.५ प्रतिशत बोनस पाउन कर तिर्नु पर्ने भएको छ । बैंकले अठारौं साधारण सभाबाट बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गराई सकेको छ ।

बैंकका अनुसार २०७४ असार १५ गतेदेखि यताको मितिमा शेयर किनेका लगानीकर्ताहरुले मात्र बोनस शेयरमा लाग्ने कर तिर्नु पर्ने भएको हो । उक्त मितिभन्दा पुराना शेयरधनीको हकमा भने कर वापतको रकम तिर्नु नपर्ने बैंकले प्रष्ट पारेको छ ।

बैंकले २०७४ असोज १५ यता शेयर खरिद गर्नेहरुले कुमारी बैंकको नाममा कुमारी बैंकमा रहेको बैंक खाता नम्बर ०३१ १५० २०० १०२० मा जम्मा गर्न भनेको छ । यसरी कर वापतको रकम जम्मा गर्दा आफ्नो नाम र डिम्याट खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने हुन्छ ।

बोनसमा कर तिर्नुपर्ने शेयरधनीको सूची कुमारी बैंकको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने बैंकले जनाएको छ ।