पुनर्बीमा कम्पनीहरुको लगानी १० प्रतिशतले बढ्यो

0
Shares

नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा २७ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले धेरै हो ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आवको सोही अवधिमा कम्पनीहरुले २५ अर्ब २३ करोड रुपैयाँ लगानी गरेका थिए ।

प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमास अवधिमा नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब १ करोड रुपैया लगानी गरेको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले भने ७ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।

पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ र वाणिज्य बैंकको मुद्धती निक्षेपमा २१ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख, वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा २ अर्ब ३७ लाख रुपैयाँ लगानी गरेका छन् ।

यसैगरी म्युचुअल फण्ड र नागरिक लगानी कोषमा १३ करोड ५१ लाख रुपैयाँ र विकास बैंकको मुद्धती निक्षेपमा १ अर्ब ९६ करोड रुपैयाँ लगानी छ । तर, कम्पनीहरुले नेपाल पुर्वाधार बैंकको मुद्दती निक्षेपमा, घर जग्गामा, सुचीकृत कम्पनीको डिवेन्चरमा र पूर्वाधार क्षेत्रमा भने लगानी गरेका छैनन् । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीहरुलाई नेपाल सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत, वाणिज्य बैंकको मुद्दती निक्षेप र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेप ४०/४० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ ।

विवरण

जम्मा रकम रु. लाखमा

नेपाल सरकारको बचतपत्र

३०००.००

बाणिज्य बैंकको मुद्धती निक्षेप

२१९०१२.९७

सुचीकृत पब्लिक कम्पनीको साधारण शेयर

९४७.१८

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र

२३७३८.४५

म्युचअल फन्ट र नागरिक लगानी कोष

१३५१.७६

विकास बैंकको मुद्दती निक्षेप

१९६३१.३०

अन्य लगानी

१००६३.३२

स्रोतः नेपाल बीमा प्राधिकरण

 

घरजग्गामा अधिकतम ५ प्रतिशत, सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशत, बैंक तथा वित्तिय संस्थाको अग्राधिकार सेयर र ऋणपत्र, सुचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा, पूर्वाधार क्षेत्रमा र विकास बैंकको मुद्दती निक्षेपमा २०/२० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ ।

त्यस्तै, म्युचअल फण्ड र नागरिक लगानी कोषमा अधिकतम ५ प्रतिशत र वित्त कम्पनीको मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।