नेपाल लाइफको लाभांश वितरण

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।७८ बाट प्रस्ताव गरेको लाभांश वितरण गरेको छ ।

कम्पनीको मंसिर ८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत नगद लाभांश बुकक्लोज मितिसम्म कायम सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक १८ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार कात्तिक १७ गतेसम्म कायम सेयरधनीले मात्र उक्त नगद लाभांश पाउनेछन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।