कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

0
Shares

कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ ।

कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल विस १९८३ मा स्थापना भएको थियो । यो त्रिभुवन विश्वविद्यालय (टियू) को चिकित्सा संस्थान (आइओएम) को एउटा अभिन्न अंग हो । ७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रिय सरकारी अस्पताल हो ।

यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दै आएको छ भने नेपालमा बायोमेडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान ( बिएच्एस्आर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।

२२ वटा छुट्टा–छुट्टै विभागहरू भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरूदेखि लिएर क्यान्सर वार्डको साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धि सेवाहरू प्रदान गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम) अन्तर्गत विस २०६६ वैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर ( एमसिभिटिसि) मा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

अत्यन्त दक्ष, अनुभवी र समर्पित चिकित्सकहरूको नेतृत्वमा संचालित एमसिभिटिसिलाई प्यारामेडिकल तथा गैर–चिकित्सा क्षेत्रमा पूर्ण रुपमा समर्पित कर्मचारीहरूको राम्रो साथ र सहयोग छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।