कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियूक्त, गभर्नरसँग लिए सपथ


कृषि बिकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दुवाडीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियूक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक संचालक समिति सदस्य डा.इन्दिरा मास्के श्रेष्ठ, विनोद कुमार गुरागाई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेत सहभागि थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।