सांग्रिला डेभलपमेण्ट बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट प्रयोग गर्न सकिने


सांग्रिला डेभलपमेण्ट बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको छ, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ ।

सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने, “सांग्रिला डेभलपमेण्ट बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ,” उनले थपे, “नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्रा ग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ ।”

सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।