सानिमा बैंकले पारित गर्यो लाभांश वितरणको प्रस्ताव


सानिमा बैंकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई विबरण गर्ने प्रस्तावित प्रतिफल साधारण सभाबाट पारित गरेको छ ।

पुस ३ गते आईतबार सम्पन्न बैंकको १८ औं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई निर्वाचित गरेको छ ।

आर्थिक बर्ष २०७८।७९ मा २ अर्ब ९ करोढ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब ५१ करोड, कुल निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोड

तथा खुद कर्जा सापटी १ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि भएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।