“महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” शुभारम्भ, ३० जिल्लामा सञ्चालन हुने

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “युवासँग–महालक्ष्मी लाईफ” को सफलता पछि “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गरेका छन् ।

कार्यक्रममा देशभरीबाट शाखारउपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए ।  समाजमा पीछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी दिए । देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नबनाई देश अघि बढ्न नसक्ने उनले बताए । महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने प्रमुख कार्यकारी अधिकृत भट्टराईको भनाई थियो ।

आव २०७९/८० भित्र परीक्षणको रुपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकायसँग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।

बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले सञ्चालन गरेका कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ”युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सञ्चालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस टू र ब्याचलर कलेजमा ८ हजार भन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।