एनएमबि बैंकले विभिन्न पदमा गरि कुल १ सय ८६ कर्मचारी माग गरेको हो । बैंकले एक जना वरिष्ठ प्रवन्धक देखि सय जना जुनियर असिस्टेन्टसम्मका लागि जागिर खुलाएको छ ।
बैंकले व्यवस्थापन तहमा एकजना वरिष्ठ प्रवन्धक, अफिसर तथा सिनियर अफिसर तहका १५ जना ब्रान्च म्यानेजर, २५ जना म्यानेजमेन्ट ट्रेनी र २० जना रिलेसनसिप म्यानेजर, विजनेस डेभलपमेन्ट एक्जुकेटिभमा १० जना माग गरेको छ।
यसैगरी लिगल अफिसरमा दुई जना, सेक्युरिटी विभागमा दुई जना, चार्टर्ड एकाउन्टेन्ट ६ जना, प्रोजेक्ट फाइनान्समा दुई जना, सफ्टवेयर डेभलपरमा तीन जना कर्मचारी माग गरिएको छ। यस्तै जुनियर असिस्टेन्टतर्फ एक सयजना कर्मचारी माग गरेको छ।
योग्यता पुगेका इच्छुकले नोभेम्बर २७ सम्ममा बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।










प्रतिक्रिया