सबै सूचक सुध्रिएको सानिमा माइ हाइड्रोको प्रतिशेयर आम्दानीमा गिरावट


सानिमा माइ हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य सुधार देखाएको छ । यस्तो अवस्थामा खर्चका विभिन्न शिर्षकहरुलाई घटाएर पनि हाइड्रोले खुद नाफामा सामान्य बढोत्तरी मात्र गरेको देखाएको छ ।

हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३९ लाख ९३ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोले १९ करोड ६० लाख १२ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा हाइड्रोको खुद नाफा ४.०७ प्रतिशतले बढाएको हो ।

हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ३२ करोड ७७ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोले यो शिर्षकमा ३१ करोड ९२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी २.६४ प्रतिशतले मात्र बढेको हो ।

चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँबाट बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको हाइड्रोको जगेडा कोषमा २ लाख ४१ हजार ६७० रुपैंइा तथा रिटेण्ड अर्निङ ७३ करोड ९८ लाख ४६ हजार २७० रुपैंया छ ।

कमाईमा आएको सामान्य वृद्धिभन्दा धेरै मात्रा पूँजी बढेका कारण हाइड्रोको प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोको प्रतिशेयर आम्दानी ९ रुपैंया २९ पैसा रहेकोमा अहिले ८ रुपैंया ७९ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात २१.३८ गूणाले बढी रहेको हाइडशरोको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा छ ।