एनएमबि बैंकले पारित गर्यो नगद लाभांश वितरणको प्रस्ताव


एनएमबि बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार राखेका थिए ।

बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १ खर्ब ८६ अर्ब ४० करोड र कर्जा १ खर्ब ८२ अर्ब ९ करोड रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।