सनराईज क्यापिटलको विशेष छुट योजना

0
Shares

सनराईज क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्‍याउँदै क्यापिटलले ३० वर्षे कार्यकाल पूरा गरेको अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ:

  • निःशुल्क डिम्याट खाता ३० दिनका लागि
  • निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि
  • लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
  • ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क
  • Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
  • पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क
  • Custodial service र Portfolio counseling
  • संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ ।

हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।

तीन दशक लामो कार्यकालको इतिहासमा यस कम्पनीलाई हालको अवस्था सम्म आईपुग्न सहयोग गर्नुहुने सम्पूर्ण आवद्ध संघ–संस्थाहरु, ग्राहकवर्ग तथा नियामक निकाय प्रति यस कम्पनी हार्दिक आभार प्रकट गरेको छ ।

नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएको थियो । वि. सं २०६७ मा एन.आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एनसिएम. मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आफ्नो मर्चेण्ट बैंकिङ्ग कारोबारलाई निरन्तरता दिँदै आईरहेको र सनराईज बैंकले वि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनीले सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्‍याउँदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।