एरिहन्ट इम्पोर्ट एन्ड एक्सपोर्टले गर्यो १ अर्बको कारोबार, २१ प्रतिशतले बढ्यो

0
Shares

रेटिङ एजेन्सी केयरनेपालका अनुसार एरिहन्ट इम्पोर्ट एन्ड एक्सपोर्टको लगानी सन् २०२२ मा १ अर्ब ४ करोड ९० लाख रहेको छ ।

सन् २०२१ मा ८६ करोड १० लाख रहेको आम्दानी २१ प्रतिशतले बढेर १ अर्ब ४ करोड ९० लाख हुन पुगेको हो । कम्पनीको आमदानीमा वृद्धि भएसँगै डिप्रिसियसन, अर्मोटाइजेसन, कर, ब्याज र भाडा अघिको नाफा पनि बढेको छ ।

सन् २०२१मा कुल सञ्चालन आम्दानीको ४.२१ प्रतिशत रहेको सो नाफा सन् २०२२मा ७.१९ प्रतिशतमा कायम रहेको छ । यस्तै कम्पनीले लिने कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२९ गुणा रहेको छ ।

सन् २००६बाट सञ्चालनमा आएको कम्पनीले कोल, तामा, आल्मुनियम, जिप्सम, रेसीन लगायतका अन्य निर्माण कार्यमा प्रयोग हुने विभिन्न सामाग्रीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले इटहरी, भैरहवा र वीरगंजबाट सामाग्रीहरुको आयात तथा बिक्री गर्दै आएको छ ।

कम्पनीमा एरिहन्ट ग्रुपको लगानी रहेको छ । एरिहन्ट इन्फरास्ट्रक्चर, एरिहन्ट स्टील एन्ड एलो कास्टिङ प्रालि र एरिहन्ट रियल स्टेट डेभलपर्सको ४१.८० प्रतिशत लगानी रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक गिरिष कुमार लुनिया रहेका छन् ।

कम्पनीले ८३ करोड बराबरको दीर्घकालनि तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।