६ महिनामा ६१२ नेपाली कामदारले विदेशमा गुमाए ज्यान

0
Shares

चालु आर्थिक बर्ष २०७९/८० को ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये ६१२ कामदार विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार रोजगारीका लागि साउदी अरब पुगेका धेरै नेपालीहरुले उतै ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरबमा १८५ नेपाली कामदारले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार मलेसियामा १२३, कतारमा ११७, युएई गएका १०५ नेपाली कामदारले उतै ज्यान गुमाएका छन् । त्यस्तै, टर्की दुई, सिशेल्स १, रोमानिया चार, कोरिया ११, बुलगेरिया १, पोर्चुगल एक, पोल्याण्ड एक, ओमान एक, माल्टा १, माल्दिभ्स दुई, मकाउ एक, कुवेत ३०, जोर्डन दुई, जापान पाँच, इजरायल एक, साइप्रस चार, क्रोशिया एक, ब्रशेल्स दुई र १२ जना कामदार बहराइनमा नै मृत्यू भएको बार्डको दाबी छ ।

त्यस्तै, सोही अवधिमा ११४ कामदार गन्तब्य मुलकमा नै घाइते भएको बोर्डको तथ्यांक छ । यूएईमा २४, साउदी अरबमा ३८, रोमानियमा दुई, कोरिया दुई, कतार २२, न्यूपपुगेनिया एक, माल्टा एक, मलेसिया १६, कुवेत ५, जापान एक, इजरायल एक र क्रोशिया एक जना कामदार घाइते भएको बोर्डको तथ्यांक छ ।

खाडी लगायतका मुलुकमा रोजगारीमा गएका कामदार हदयघातका कारण, ट्राफिक नियम नजान्दा कारण, मुुटको समस्या लगायतका कारण मृत्यू हुने गरेका छ।

रोजगादाताले मृत्यूको कारण स्पष्ट नखुलाए पनि अधिकांश नेपाली कामदार कामको प्रेसरको कारणले गर्दा मृत्यू हुने गरेको विज्ञहरु बताउँछन् । त्यस्तै, खाडी मुलुकमा काम गर्ने नेपाली कामदार त्यहाँको हावापानीमा घुलमिल हुन नसक्दा मृत्यू हुने गरेको विज्ञहरुको दाबी छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।