माइक्रोसफ्टले भारी मात्रामा कर्मचारी कटौती गर्ने

0
Shares

आइटी कम्पनी-माइक्रोसफ्ट कर्पोरेशनले हजारौँको सङ्ख्यामा कर्मचारी कटौती गर्ने जनाएको छ ।

विश्व अर्थतन्त्र अनिश्चितता तर्फ लम्किएपछि चर्चित आइटी कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् । यसअघि मेटा, ट्वीटर, अमेजन लगायतका कम्पनीहरुले पनि ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेका थिए ।

हाल माइक्रोसफ्टमा २ लाख २१ हजार कर्मचारीहरु कार्यरत छन् । बेलायती समाचार माध्यम स्काईन्युजका अनुसार कम्पनीले ५ प्रतिशत कर्मचारी अर्थात् ११ हजारको सङ्ख्यामा कर्मचारी कटौती हुनेछ ।

गतवर्षको जुलाई महिनामा माइक्रोसफ्टले १ हजार कर्मचारी कटौती गरेको थियो । माइक्रोसफ्टले विभिन्न विभागहरुबाट कर्मचारी कटौती गर्ने र थप इन्जिनियरहरु भर्ना नगर्ने जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।