नेपालमा उत्पादित म्याट्रेस, सिरक, बेडसिट निर्यातका लागि सिल्क एक्स्पोर्ट र क्लासिक ग्रुप बिच सम्झौता

0
Shares

बिगत लामो समय देखि चीन भारत लगायत अन्य मुलुकहरुमा सामान निर्यात गर्दै आएको सिल्क एक्स्पोर्ट र नेपाली ग्राहकहरुको रोजाइमा पर्न सफल क्लासिक ग्रुप बिचमा आज एक ब्यापारिक सम्झौता सम्फ्न्न भएको छ

कोभिड लगायतका कारणले चीनबाट केहि वर्ष देखि निर्यात बन्द रहेकोमा हाल केहि खुकुलो हुदै गएकोले गर्दा , निर्यात व्यवसायमा सहजता आएको छ।

यो सम्झौता पश्चात् क्लासिक ग्रुप द्वारा उत्पादित म्याट्रेस, सिरक , बेडसिट जस्ता सामानहरुलाई सिल्क एक्स्पोर्टले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारमा बजारिकरण तथा प्रबद्र्धन गर्नेछ ।

यो सम्झौताले गर्दा हाल देशले भोगी रहेको व्यापार घाटालाई केहि हद सम्म भएपनि घटाउन मद्धत गर्ने क्लासिक ईण्डट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।