सूर्यज्योति लाइफको ‘सूर्यज्योतिको न्यानोपन’ अभियान देशैभर संचालन

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशमा बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा बितरण गरेको छ ।

सुर्यज्योतिले देशैभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो। उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा बितरण गरेको छ।

सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो । साथै गुल्मिमा, बौद्धिकरबहिरा, अपाङ्गता भएका विधार्थी भाई बहिनीहरुलाई न्यानो कपडा बितरण र माझिगाँउ बलिथुमका बिपन्न परिवारहरुलाई न्यानो कपडा बितरण गरि सम्पन्न गरिएको थियो।

उक्त अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको थियो । लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको थियो ।

केहि हप्तादेखि चिसो क्रमिक रुपमा बढदै गएकोले यसबाट जोगिन न्यानोको लागी कम्बल तथा कपडा बितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य बिभिन्न स्थानमा पनी गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरुले पाउने सेवा सुबिधलाई अझ सुदिृढ गर्दै लैजाने कुरा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले व्यक्त ग्रे ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।