विश्व प्रसिद्ध म्युजिक कम्पनी स्पोटिफाइले ६% कर्मचारी कटौती गर्ने

0
Shares

विश्व प्रसिद्ध अनलाइन म्युजिक कम्पनी स्पोटिफाइले ६ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

हाल स्पोटिफाइमा १० हजार कर्मचारीहरु सक्रिय रुपमा काम गरिरहेका छन् । कम्पनीले ६ प्रतिशत अर्थात् ६०० कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।

विश्व अर्थतन्त्र मन्दीग्रस्त अवस्थामा रहेको कारण देखाउँदै कम्पनीले कर्मचारी बर्खास्त गरेको जनाएको छ । कम्पनीका प्रमुख डेनियल एकेले कम्पनीको ब्लगमा पोस्ट गर्दै उनले कर्मचारी कटौतीको जिम्मेवारी लिने बताएका छन् ।

सन् २००६ मा स्वीडेनको स्टकहल्म सहरमा स्पोटिफाइले कर्पोरेट कार्यालय स्थापना गरेको थियो । स्थापनाको समयदेखि अहिलेसम्म कम्पनीले आफ्नो कुल वार्षिक नाफा सार्वजनिक गरेको छैन । केवल विश्वव्यापी मन्दीको कारण देखाउँदै कर्मचारी हटाउने निर्णय गरेको छ ।

यस अघि माइक्रोसफ्टले १० हजार, गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार र अमेजनले १८ हजार कर्मचारी कटौती गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।