ग्रीन डेभलपमेन्ट बैंकको तीन महिनाको नाफा ३९ लाख ९० हजार

0
Shares

ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
बैंकको गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा ४०.८८ प्रतिशतले घटेको हो। गत आवको यसै अवधिमा बैंकले ४० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा छ। यस्तै जगेडा कोषमा ६१ लख १ हजार, रिटेन्ड अर्निङ्गमा
२ करोड ३१ लाख र शेयर प्रिमियममा ५० लाख १ हजार रुपैयाँ राखेको छ ।

असोज मसान्तसम्म बैंकले ४.८० प्रतिशतले बढाएर एक अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी गत आवको तुलनामा २.३१ प्रतिशत धेरै अर्थात १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

व्यवसाय विस्तार बढदा बैंकको खुद ब्याज आम्दानीमा ४८.७२ प्रतिशतले सुधार भएको छ। बैंकको खुद ब्याज आम्दानी २ करोड १७ लाख छ। गत वर्षको यसै अवधिमा बैंकले एक करोड ४६ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको खराब कर्जा अनुपातमा बढोत्तरी भएको छ। गत आवको पहिलो त्रैमासमा खराब कर्जा ३.९५ प्रतिशत रहेकोमा ४.०४ प्रतिशत पुगेको हो।
बैंकको कोषको लागत ८.९० प्रतिशत, आधारदर १४.०९ प्रतिशत र पूँजीकोष अनुपात ३८.२३ प्रतिशत रहेको छ।