सहयोगी विकास बैंकको नाफा २ करोड बढी, वितरणयोग्य मुनाफा ८० लाख ३९ हजार

0
Shares

सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सिटिजन्स बैंकसँग गाभिने सम्झौता गरिसकेको यस बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८० लाख ३९ हजार रहेको छ।

५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६८ पैसा छ भने जगेडा कोषमा जगेडा कोषमा २७ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ।

असोज मसान्तमा बैंकले ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकको खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी ६ करोड २३ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.१५ प्रतिशतमा झरेको छ भने मूल्य आम्दानी अनुपात ११.४५ गुणा छ। यस्तै कोषको लागत ७.५६ प्रतिशत र आधार दर १०.३६ प्रतिशत र पूँजीकोष अनुपात १८.७३ प्रतिशत रहेको छ।

सिटिजन्स बैंक र सहयोगी विकास बैंकले गत असार २२ गते गाभ्ने भाभिने सहमति गरेका थिए।