माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

0
Shares

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहने बैंकले जनाएको छ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।

साथै माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले शुन्य प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।