शारडा ग्रुपले मोबाइलको काराबोरबाटै एक वर्षमा गर्यो ५ अर्ब आम्दानी

0
Shares

शारडा ग्रुपको लगानी रहेको बत्सल इम्पेक्सको आम्दानी सन् २०२२ मा ५ अर्ब ४ करोड रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२१ को तुलनामा कम्पनीको आम्दानीमा ७ प्रतिशतको गिरावट आएको हो । सन् २०२१ मा कम्पनीको आम्दानी ५ अर्ब ४४ करोड ३० लाख रहेको थियो ।

सन् २०१२ मा स्थापना भएको बत्सल इम्पेक्स मोबाइल निर्माता कम्पनी साओमीको आधिकारिक बिक्रेता रहेको छ । साओमी बाहेक कम्पनीले इजभीज, टिकवाच र फिटबिटका सामाग्रीहरुको पनि बिक्री वितरण गर्दै आएको छ ।

बजारमा अन्य कमपनीका मोबाइलहरु चर्चामा आउँदै गएपछि कम्पनीको आम्दानीमा गिरावट आएको छ । आम्दानीमा गिरावट आएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा पनि कमी आएको हो ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल आम्दानीको ४.४ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा ६.१ प्रतिशत थियो । यस्तै कम्पनीले लिने कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको ४.१ गुणा रहेको छ । जुन गतवर्ष १५ गुणा रहेको थियो ।

कम्पनीका वित्तीय सूचांकमा आएको कमीका कारण कम्पनीको कर्जा रेटिङमा प्रभाव परेको छ । १ अर्ब ८० करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रानेपालले १ अर्ब ८० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

यसअघि १ अर्ब ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए३ प्लस रेटिङ गरेको थियो । कम्पनीका वित्तीय सूचांकमा आएको गिरावटका कारण रेटिङ ए३ प्लसबाट घटुवा भई ए३ रहेको छ ।

कम्पनीका देशभर १४ डिलर र १०० रिटेलर स्टोरहरु रहेका छन् । जसको माध्यमबाट साओमी ब्रान्डका मोबाइल फोनहरु देशभर उपलब्ध छन् । शारडा ग्रुपका बिनित कुमार शारदा कम्पनीका अध्यक्ष र नितेश कुमार मुङगाडा प्रबन्ध निर्देशक रहेका छन् । कम्पनीमा ६६ प्रतिशत सेयर शारडा ग्रुपको रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।