ङादी ग्रुप पावरले घोषणा गर्यो लाभांश


ङादी ग्रुप पावरले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
फागुन १ गते सोमबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

४.७५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नियामक तथा कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चरक्त पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ नाघ्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।