सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ९ प्रतिशत घट्यो

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा दुई करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा ९.०५ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ५२ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ६ लाख रुपैयाँ सञ्चित छ। चैत्र मसान्तसम्ममा एक अर्ब ६१ करोड निक्षेप संकलन गरेको बैंकले एक अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा, निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत र मूल्य आम्दानी अनुपात २१.१८ गुणा छ ।

बैंक काबेली विकास बैंकसँग मर्जर प्रकृयामा रहेको छ।