रैराङ हाइड्रोले झण्डै ६०० प्रतिशतले बढायो खुद नाफा


रैराङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ लाख ६८ हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा रैराङले ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा हाइड्रोको खुद नाफा ५६९.१८ प्रतिशतले बढेको हो ।

दुई जलविद्युत आयोजनाबाट विद्युत बिक्री गरेर हाइड्रोले १ करोड ३१ लाख रुपैंयाभन्दा धेरै आम्दानी गरेको छ ।

५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८१ लाख रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ पैसा रहेको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा पुर्याएको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ४५ पैसा तथा मूल्य आम्दानी अनुपात २८६.७१ गूणाले बढी छ ।