नागरिक लगानी कोषले फाँटवारी अपलोड तथा रकम पठाउन अनलाइनलाई गर्यो अनिवार्य, तालिम लिन आग्रह


नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुको लागि संचालित सावधिक जीबन बिमा योजनामा अनिवार्य रुपमा रकम कट्टा गर्दै आएका शिक्षकहरुको कट्टी रकम अनलाइन प्रणालीबाट फाँटवारी अपलोड र अनलाइनबाट रकम पठाउन थालेको छ ।

अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टाइममा सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा रकम प्रविष्ट हुने व्यवस्था मिलाइएको कोषले जनाएको छ । सीजीएएस प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय तथा विद्यालयहरुले अब अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्नु पर्ने भन्दै सोही अनुसार व्यवस्था गर्न कोषले विद्यालयहरुलाई अनुरोध गरेको छ ।

अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने तरीका कोषको वेबसाइटमा राखिएको जनाउँदै कोषको प्रणालीले उपलब्ध गराउने सवमिसन नम्बरका आधारमा कट्टी रकम दाखिला गर्ने सुबिधा मुलुकभरका सबै क बर्गाका बाणिज्य बैंकहरुमा उपलब्ध हुने जनाएको छ । सम्बन्धित कार्यालय तथा बिद्यालयहरुले आ-आफ्नो खाता भएको बैंकमा सम्पर्क राख्नु पनि कोषले अनुरोध गरेको छ ।

अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने तरीका बारेको तालीम कोषको केन्द्रीय कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक अन्य प्रत्येक दिन दिउसो २ बजे देखि ३ बजेसम्म तालिम संचालन भइरहेको कोषले जनाएको छ । उक्त तालिममा भाग लिन सम्बन्धित कार्यालय तथा बिद्यालयबाट २ जना कर्मचारीहरुको नाम कर्मचारी बचत बृद्धि कार्यक्रम र बिमा कार्यक्रमका लागि इमेलमार्फत पठाउन कोषले अनुरोध गरेको छ ।

कोषले तालिम लिने समय र मिति निर्धारण गरी इमेलबाट नै बाटै तालिम सम्बन्धि जानकारीहरु पठाउने व्यवस्था गरेको जनाएको छ । तालिमहरु कोषका अन्य शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार संचालन गरिरहेको पनि कोषले जनाएको छ ।

पहिलो चरणमा उपत्यकाभित्र काठमाडौ, ललितपुर र भक्तपुरका सम्पुर्ण कार्यालय तथा बिद्यालयहरुबाट अबको चार महिना पछि फाँटवारी पूर्णरुपमा अनलाइन प्रणालीबाट मात्र बुझ्ने व्यवस्था मिलाइएको कोषको भनाई छ । कोषले निर्धारित समय भित्र अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने तालीम लिई अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने व्यवस्था मिलाउन भनेको छ ।

अनलाइन प्रणालीबाट मात्र कोष कट्टी रकम दाखिला गर्ने कार्य क्रमशस् मुलुकभर अनिवार्य रुपमा लागु हुने भएकोले सोहि अनुसार तयारी गर्न पनि कोषले अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।