गण्डकी विकास बैंकले एकै दिन विस्तार गर्यो चार नयाँ शाखा

0
Shares

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले एकै दिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बैंकले धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार भएको हो ।

हाल बैंकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ ।

बैंक निकट भविश्वमा ११ वटा शाखा कार्यालयहरु विस्तार गर्ने योजनामा छ ।