सनराइज बैंकको १२४ औं शाखा इनरुवामा

0
Shares

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सप्तरी स्थित इनरुवामा १२४ औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

त्यस्तै, इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा एटिएम को उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाए।

हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।