बुधबार सुन कतिमा हुँदैछ कारोबार ?


मंगलबार २०० रुपैयाँले सस्तिएको सुन बुधबार भने स्थिर बनेको छ ।

बुधबार चाँदीको भाउ भने ५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

तेजावी सुन भने १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।  महासंघका अनुसार चाँदी आज तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको   उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३६ र चाँदी प्रतिऔंस २१.८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।