बुधबार स्थीर रहेको सुन बिहीबार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट


बुधबार स्थिर रहेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

बिहीबार (आज) चाँदी भने १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बुधबार (हिजो) सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि १० रुपैयाँले घट्दै तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २ सय ९५ रुपैयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८२९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.६५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फागुन २०७९, बिहीबार  १० : ४९ बजे