बैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा १५८ करोड लगानी गर्ने


बैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा १ खर्ब ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बोर्डले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेप राख्ने भएको हो ।

बोर्डले आज सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई आफुले लिन चाहेको रकम तथा ब्याजदर लगायतका विबरण सहितको दरभाउपत्र पेश गर्न आह्वान गरेको छ ।

वाणिज्य बैंकहरूले बोर्डको सचिवालयको वेभसाइट www.feb.gov.np मार्फत फारम डाउनलोड गरी दरभाउ पेश गर्न सक्ने जनाइएको छ । उक्त विवरण फागुन १८ गते दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ । ३० दिन भन्दा कम मान्य अवधि भएको प्रस्ताव उपर कुनै कारवाही नहुने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।